Monday, September 23, 2013

गजल (भ्रष्टाचार मौलाएको गाउँको कुरा गर्छु)

केन्द्र हैन म त आफ्नै ठाउँको कुरा गर्छु
भ्रष्टाचार मौलाएको   गाउँको कुरा गर्छु

कति हुन्छन् अपराध    पर्दाभित्र यहाँ
छोरी मार्ने बलत्कारी बाउको कुरा गर्छु

अस्वस्थ छ प्रतिष्पर्धा      कुर्सी लडाउने
आफू माथि जान खोज्ने दाउको कुरा गर्छु

मान्छेहरु स्वार्थ लुट्न के पो गर्दैनन् र ?
चाकडीमा मल्नु पर्ने   पाउको कुरा गर्छु

मानवको तस्करमा    कुम्ल्याउँथ्यो धन
आज त्यही समाजसेवी नाउँको कुरा गर्छु


सर्वत्रापमानित ‘स्मृतिरोगी’

0 comments:

Post a Comment

© Copyright 2011 www.smriti-shaiya.com Template Designed by Smritirogi
Powered by Blogger.