Friday, September 6, 2013

गजल (घाउ भिन्न भए पनि दुखाई उही छ)

घाउ भिन्न भए पनि दुखाई उही छ
हामी माथि समाजको थुकाई उही छ

रुनुहुन्न हिड्नुपर्छ हम्मत गरेर
के गर्ने त कुकुरको भुकाई उही छ

अन्यायको खेती गरे कमाई हेरेर
आज पनि सत्यताको लुकाई उही छ

खै के आयो गणतन्त्र परिवर्तनको
राष्ट्र चल्ने ढुकुटीको सुकाई उही छ

अन्यायमा बस्नु पनि अपराधै हो रे
तर पनि किन अझै झुकाई उही छ


सर्वत्रापमानित ‘स्मृतिरोगी’

0 comments:

Post a Comment

© Copyright 2011 www.smriti-shaiya.com Template Designed by Smritirogi
Powered by Blogger.