Monday, September 23, 2013

गजल (बल्झाएर घाउ मेरो आँसु झार्ने तिमी)

दिएको दिल् फिर्ता मागी अन्तै सार्ने तिमी
बल्झाएर घाउ मेरो, आँसु झार्ने तिमी

अझै किन दोष दिन्छौ मलाई नै फेरि
घेली–घेली माकुरीको जालमा पार्ने तिमी

मुटुभरि मायाँ तिम्रै काख बिसाएथें
‘तिम्रै भाग्य खोटी रै’छ’ भन्दै टार्ने तिमी

खोला वारि थिए हाम्रा मुटुहरु सँगै
अँधेरीमा अथाहमै पारि तार्ने तिमी

फेरि किन चासो राख्छौ म मरुँ या बाँचू ?
ऊ बेलामा अघाएर जूँदै मार्ने तिमी


सर्वत्रापमानित ‘स्मृतिरोगी’

0 comments:

Post a Comment

© Copyright 2011 www.smriti-shaiya.com Template Designed by Smritirogi
Powered by Blogger.